स्मार्ट बन्दै लगानीकर्ताः ७१ प्रतिशतले अनलाईनबाटै शेयरमा लगानी गर्छन्

Jul 09, 2020 11:28 AM Merolagani

- अरुण पाख्रेन

केही वर्ष पहिले घण्टौं लाईन बसेर प्राथमिक शेयर (आईपीओ) भर्नुपर्ने बाध्यता फेरिएको छ। सिडिएस एण्ड क्लियरिङ्गले सि-आश्वा प्रणाली संचालनमा ल्याएपछि घण्टौं लाइन बसेर आईपीओ भर्नुपर्ने बाध्यता हटेको हो।

शेयर बजारका नियमन निकायहरूले प्रविधिकाे प्रयाेग बढाउदै लगेपछि लगानीकर्ताहरू समेत प्रविधिमैत्री बन्न थालेका छन्। कुनै समय शेयर आवेदन नै गर्न नजानेर अरुलाई कागजी फारम भर्न लगाउनुपर्ने लगानीकर्ता अहिले घरमै बसेर मोबाइलबाटै आईपीओमा लगानी गर्न थालेका हुन्। 

सिडिएस एण्ड क्लियरिङ्गले सि-आश्वा अन्तर्गत मेरोशेयर सफ्टवयर संचालन ल्याएपछि अनलाईनबाट आईपीओमा आवेदन गर्ने संख्या ह्वात्तै बढेको देखिएको छ। सिडिएसले उपलब्ध गराएको तथ्यांक अनुसार करीब ७१ प्रतिशतले अनलाईनबाटै प्राथमिक शेयरमा आवेदन गर्ने गरेको देखिएको छ।

पछिल्लो पटक खुलेको नेपाल पुनर्बीमा, एनआईसी एशिया लघुवित्त र साधना लघुवित्तमा परेको आबेदन मध्ये ७०.९५ प्रतिशतले सि-आश्वा प्रणाली अन्तर्गत आवेदन दिएका छन्। कुल १२ लाख ६० हजार ३० जना आवेदक मध्ये ८ लाख ९४ हजार ५३ जनाले सि-आश्वा प्रणालीको मेरोशेयर मार्फत अनलाईन आवेदन दिएका हुन्। बाँकीले आश्वा प्रणालीबाट आवेदन दिएका छन्।

तुलनात्मक रुपले हेर्दापनि अनलाईनबाट आवेदन दिनेको संख्या पनि क्रमश: बढ्दै गएको देखिन्छ। नेपाल पुनर्बीमामा कुल ४ लाख ९ हजार ८४९ जनाले आवेदन दिएकोमा २ लाख ८४ हजार जनाले अनलाईनबाट आवेदन दिएका थिए। बाँकी एक लाख २४ हजार जनाले मात्रै बैंकमा गएर आस्ब प्रणालीबाट आवेदन दिएको थिए।

यस्तै, एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार ३२२ जनाले आवेदन दिएका थिए। त्यसमध्ये, २ लाख ८६ हजार ४४ जनाले अनलाईनबाट र १ लाख २७ हजार ८७४ जनाले आश्वा मार्फत आवेदन दिएका थिए।

यता, साधना लघुवित्तको आईपीओमा (हिजो दिउँसो ३ बजेसम्ममा) ४ लाख ३५ हजार ८५९ जनाले आवेदन दिएका थिए। त्यसमध्ये पनि ३ लाख २४ हजार ९ जनाले अनलाईनमार्फत र १ लाख ४ हजार जनाले आश्वा मार्फत आवेदन दिएका हुन्।

२०७४ फागुन ११ गतेदेखि सञ्चालनमा आएको सि-आश्वा प्रणालीको प्रयोग करिब २८ महिनापछि उच्च दरले बढेको हो। नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई आधुनिक बनाउँदै लैजाने नीति अनुसार प्राथामिक निष्काशनमा अनिवार्य सि-आश्वा प्रणाली लागू गरेको थियो।

यसपश्चात, मेरोशेयरमार्फत घरमै बसेर प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन गर्ने प्रयोगकर्ता उल्लेख्य रुपमा बढेका हुन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।