एनआईसी एशिया लघुवित्तमा खरिदकर्ताको चाप, बिक्रीकर्ता भने शुन्य

Jul 09, 2020 12:28 PM Merolagani



बिहीबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) को शेयरमा खरिदकर्ताको चाप देखिएको छ। खरिदकर्ताहरुको उच्च चाप रहेपनि बिक्रीकर्ता भने शून्य रहेको मार्केट डेप्थले देखाउँछ।

मार्केट डेप्थ अनुसार ५ लाख ९६७ कित्ता बाई अडर छ। लगानीकर्ताहरुले १० प्रतिशतमूल्य बढाएर खरिद गर्न चाहेपनि बिक्रीकर्ताहरु सो मूल्यमा बेच्न चाहिरहेका छैनन्। मार्केट डेप्थ अनुसार ३६४ रुपैयाँमा ३ लाख २८ हजार ४८० कित्ता खरिदका आदेशहरु छन्। यस लघुवित्तको शेयर ३३१ रुपैयाँमा प्रि ओपनिङ्ग सेसनमा पहिलो कारोबार भएको थियो।

यसैदिनदेखि कारोबार शुरु भएको यस लघुवित्तको शेयरमूल्य बजार खुलेको आधा घण्टा पनि नबित्दै १० प्रतिशत बढिसकेको थियो। यो समाचार तयार पार्दा सम्ममा लघुवित्तको जम्मा १६ पटकको कारोबारमा ६७ हजार ८८० रुपैयाँ बराबरको १९० कित्ता शेयर खरिदबिक्री भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।