सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णय

Jul 09, 2020 05:15 PM Merolagani



सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरको छ। असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा संञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधनहरु चल्न दिइने बताएका छन् ।

सार्वजनिक सवारी साधनमा क्षमताको भन्दा ५० प्रतिशत कम यात्रु राख्ने, सबैले अनिवार्य मास्क लगाउने, स्यानिटाइजर राख्नु पर्ने र दुरी कायम गर्नुेपर्ने सरकारले जनाएको छ । सरकारले तोकेको मापदण्ड पुरा गरेमा यातायात व्यवसायीहरुले सवारी साधन सञ्चालन गर्न सक्नेछन् ।

भाडादर भने साविकको भन्दा ५० प्रतिशत बढी लिन सकिने मन्त्री खतिवडाले जानकारी गराए ।

यस्तै ट्याक्सीलाई पनि संचालन गर्न दिने सरकारले निर्णय गरेको छ । ट्याक्सीमा चालक सहित ३ जना र ५ वर्ष मुनिका थप एक जना सम्म यात्रा गर्न सकिनेछ ।

काठमाडाैं उपत्यका बाहेक एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न भने पाइनेछैन।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।