रुरु जलविद्युतले प्रिमियमसहित आईपीओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्ड पुग्यो

Jul 10, 2020 04:06 PM Merolagani

रुरु जलविद्युत परियोजनाले प्रतिकित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको छ। सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँ निष्काशन गर्न अनुमति माग गर्दै बोर्ड पुगेको हो।

परियोजनाको २०७६ भदौ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले सर्वसाधारणमा प्रिमियम सहित आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। त्यस अनुसार अंकित मुल्यमा २० रुपैयाँ थप प्रिमियम सहित आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुगेको हो।

परियोजनाले स्थानिय र सर्वसाधारणको लागि ८ लाख १५ हजार ४११ कित्ता शेयर जारी गर्न असार २५ गते बोर्डमा आवेदन दिएको छ। त्यसमध्ये परियोजना प्रभावित स्थानियको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०५ कित्ता र सर्वसाधारणको लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गर्नेछ।

स्थानियको लागि प्रति कित्ता १०० रुपैयाँ र अन्य सर्वसाधारणको लागि प्रति कित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गर्नेगरी परियोजनाले बोर्डमा अनुमति मागेको हो।

कम्पनीको आईपीओलाई इक्रा नेपालले 'इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस' रिटिङ्ग दिएको छ। यसले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।

परियोजनको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको काम एनएमवि क्यापिटलले गर्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।