काठमाडौं उपत्यकाका ४२ जना समेत गरी शुक्रबार ११८ जना कोरोना संक्रमित थपिए

Jul 10, 2020 04:33 PM Merolagani



शुक्रबार ११८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १६ हजार ६४९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित आठ हजार ६०३ जना रहेका छन् ।

शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका २८ जना,ललितपुरका १३ जना र भक्तपुरका १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १२० रहेको छ। यसैगरी नेपालमा हालसम्म आठ हजार ११ जना कोरोना मुक्त भएका छन् । नेपालका धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला रहेका छन् । त्यसैगरी पाँच सय भन्दा बढि संक्रमित हुने जिल्ला महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा हुन् ।                              

संक्रमितको विवरण :

इलाम : २
सिराहा : २
पाँचथर :  २
धनुषा : ४
महोत्तरी : ४
सर्लाही : ८
रसुवा : १
काभ्रेपलान्चोक : २
डोटी : १
काठमाडौं : २८
चितवन : १
बाँके : १
भक्तपुर : १
ललितपुर : १३
रामेछाप : १
सिन्धुली : १
सिन्धुपाल्चोक : १
रौतहट : २
पाल्पा : २
रुपन्देही : १
मकवानपुर : १
धादिङ : १
कैलाली : १
बाग्लुङ : २
तनहुँ : ८
गोरखा : १
नवलपरासी : २
गुल्मी : ६
पाल्पा : २
सुर्खेत : ११
बाजुरा : १
दैलेख : २
डोल्पा : १
सल्यान : १                       

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।