भोली शनिबार पनि बैंक खुला हुने

Jul 10, 2020 04:48 PM Merolagani



भोली शनिबार पनि बैंक खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपछि बैंक खुला हुने भएका हुन् ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले शनिबार पनि बैक खुला राख्न निर्देशन दिएको हो । शनिबारमात्र होइन यो म महिनामा सार्वजनिक विदा परेपनि उक्त दिन पनि बैंक खोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले यो महिनाभर राजस्व संकलन गर्ने शाख काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।