फेरि बढ्यो पेट्राेलियम पदार्थको मूल्य

Jul 10, 2020 08:41 PM Merolagani




नेपाल आयल निगमले फेरि पेट्रिलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य  प्रतिलिटर ८८ रुपैयाँ ८८ पुगेको छ ।
निगमले १० दिन अघि मात्रै पेट्रिलियम पदार्थको मूल्य बढाएको थियो ।

हवाई इनधन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।