अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि

Jul 12, 2020 12:13 PM Merolagani



बलिउडका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहान अनुपमले आफ्नो ट्वीटरमार्फत उक्त कुराको जानकारी दिएका हुन्।

गए राती अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएसँगै सामाजिक संजालमा बच्चन परिवारका लागि शुभकामना दिनेको ओइरो लागेको छ। तर, सो लगत्तै आइतबार बिहान अनुपम खेरले ट्वीट गर्दै आमा, दाइ, भाउजू र भतिजीलाई कोरोना पोजिटिभ पाइएको बताएका छन्। उनले आफ्नी आमा दुलारीलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको पनि ट्वीटरमा लेखेका छन्। अनुपमले सतर्क रहँदा रहँदै पनि आफ्ना परिवारलाई संक्रमण भएकाे बताएका छन्।

अनुपम खेरको परीक्षणमा भने कोरोना नेगेटिभ पाइएको छ। 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।