अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि

Jul 12, 2020 12:13 PM Merolagani



बलिउडका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहान अनुपमले आफ्नो ट्वीटरमार्फत उक्त कुराको जानकारी दिएका हुन्।

गए राती अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएसँगै सामाजिक संजालमा बच्चन परिवारका लागि शुभकामना दिनेको ओइरो लागेको छ। तर, सो लगत्तै आइतबार बिहान अनुपम खेरले ट्वीट गर्दै आमा, दाइ, भाउजू र भतिजीलाई कोरोना पोजिटिभ पाइएको बताएका छन्। उनले आफ्नी आमा दुलारीलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको पनि ट्वीटरमा लेखेका छन्। अनुपमले सतर्क रहँदा रहँदै पनि आफ्ना परिवारलाई संक्रमण भएकाे बताएका छन्।

अनुपम खेरको परीक्षणमा भने कोरोना नेगेटिभ पाइएको छ। 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।