प्रभु र समृद्धि क्यापिटल एक आपसमा गाभिएर थाले एकीकृत कारोबार

Jul 13, 2020 04:09 PM Merolagani



पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल र समृद्धि क्यापिटलले एक आपसमा गाभिई सोमबारबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार थालेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दैै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास व्यक्त गरे । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताए । त्यस्तै विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको र क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने उनले थपे । 

मर्जर पश्चात क्यापिटलको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८१.७१ करोड रुपैयाँ पुगेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।