प्रभु र समृद्धि क्यापिटल एक आपसमा गाभिएर थाले एकीकृत कारोबार

Jul 13, 2020 04:09 PM Merolagani



पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल र समृद्धि क्यापिटलले एक आपसमा गाभिई सोमबारबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार थालेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दैै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास व्यक्त गरे । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताए । त्यस्तै विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको र क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने उनले थपे । 

मर्जर पश्चात क्यापिटलको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८१.७१ करोड रुपैयाँ पुगेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।