उपाध्यक्ष पदका लागि चन्द्र ढकाल समूहले मंगलबार उम्मेदवार घोषणा गर्दै

Jul 13, 2020 05:54 PM Merolagani



नेपाल उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उपाध्यक्ष पदका लागि चन्द्र ढकाल समूहले उम्मेदवार घोषणा गर्ने भएको छ।

 

मंगलबार दिउसो एक बजे परेली क्याटरिङ बालुवाटारमा उक्त कार्यक्रम गर्ने तय भएको हो।समूहले कार्ड नै छापेर उक्त कार्यक्रममा सहभागी भइदिन भन्दै व्यवसायीहरूलाई निम्तो दिएको छ।

निम्तो कार्डका अनुसार ५४ औं वार्षिक साधारण सभामा चन्द्र ढकाल प्यानलबाट जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी,बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ,एसोसियटबाट रामचन्द्र संघाइ उम्मेदवार रहने छन्।

सरकारले २५ जना भन्दा बढी भेला हुन नपाइने भनेको छ। तर निम्तो कार्ड अनुसार धेरै मानिसको उपस्थिति रहने अनुमान गरिएको छ। काेराेना महामारीकाे समयमा घाेषणा सभाकाे व्यवस्थापन अायाेजककाे लागि चुनाैतिपूर्ण हुने देखिएकाे छ ।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।