Mon, Jan 05, 2026
छिमेक लघुवित्त (CBBL) को २७.११ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। लघुवित्तको ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो।
लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई २७.११ प्रतिशत बोनस शेयर र १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोही शेयर नेप्सेमा सूचीकृत भएको हो।
पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।