प्राइम लाइफ इन्स्योरेन्सको लाभांश पारित

Jul 14, 2020 08:23 PM Merolagani



प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएकाे छ । कम्पनीको साेमबार सम्पन्न १२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७४/ ७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसका साथै सो बोनस शेयरको कर प्रयोजनार्थ १ करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गेको छ ।

हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।