भदौदेखि अन्तर्राष्ट्रिय उडान खोल्न पर्यटन व्यवसायीको माग

Jul 16, 2020 05:28 PM Merolagani



पर्यटन व्यवसायीहरुले आगामी भदौदेखि अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेका छन्। पर्यटन व्यवसायसँग आबद्ध संघ संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै साउन १७ गतेदेखि अन्तरिक र साउन ३१ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेका हुन्।

कोभिड–१९ को कारण चैत ११ गतेदेखि पूर्ण रुपमा बन्दाबन्दी भई हाल आंशिक खुलापन आए पनि होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु पूर्णतः बन्द नै रहेको संघहरुले जनाएका छन्। आन्तरिक तथा वाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्व वहनसँगै ऋणात्मक भई १०औं लाखको रोजगारी तथा खर्बौंको लगानी समेत संकटमा परेको उनीहरुको भनाइ छ।

कोभिड–१९ ले विश्वमा पारिरहेको प्रभावलाई हेर्दा तुरुन्त पूर्ववतः अवस्थामा फर्कन नसक्ने र पर्यटन जस्तो संवेदनशील क्षेत्र सबैभन्दा प्रभावित भएका छन्। यस अवस्थामा आम पर्यटन व्यवसायी र समग्र पर्यटन समुदायले न्यूनतम आधार तय गरी परिस्थिति अनुकूलका सेवा उपलब्ध गराउँदै उपयुक्त कार्यक्रम लागू गरी विस्तारै कोभिड–१९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको संघहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसै परिप्रेक्ष्यमा अन्तरराष्ट्रिय अभ्यास र अनुभव समेत हेरी नेपालले पनि नेपाल सरकार, पर्यटन मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरुको परिपालना गर्दै हवाई तथा पर्यटकीय यातायात लगायतका सेवाहरु सुचारु गरी अगाडि बढ्न माग गरेका छन्।

यस्ता छन संघहरुको माग:

१. हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार समेत भएको साथै नियमित उडान नभएको अवस्थामा नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएको।

क. अगष्ट १, २०२० बाट आन्तरिक हवाई उडानहरु नियमित तालिका अनुसार सुचारु गरिनुपर्ने।

ख. अगष्ट १५, २०२० बाट अन्तर्राष्ट्रिय तालिकाका उडानहरु सुचारु गरिनुका साथै सीमा नाका समेत खोलिनु पर्ने।

२. पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिनुपर्ने।

३. उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउने तर्फ तत्काल पहल गर्नुपर्ने।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।