एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टले साउन १६ गतेदेखि आईपीओ निष्काशन गर्ने

Jul 24, 2020 06:48 AM Merolagani



एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न साउन ९ गते विवरण पत्र प्रकाशित गरेको छ।

कम्पनीले साउन १६ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेकाे हाे। कम्पनीले निष्काशन गर्न लागेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २१ गते हुनेछ भने ढिलोमा भदौ ३ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीले २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।