मनकामना र स्मार्ट लघुवित्तकाे एकीकृत कारोबार शुरु

Jul 29, 2020 02:03 PM Merolagani



सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको घोराहीमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर संयुक्त कारोबार शुरु गरेका छन्।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारदेखि संयुक्त कारोबारको शुरू गरेका हुन्। एकीकृत संस्थाको अधिकृत पूँजी १२ करोड ११ लाख ५० हजार र चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार रहेको छ। कम्पनीले ३ करोड ८९ लाख रुपैयाँको आईपीओ निष्काशन गर्नेछ।

एकीकृत संस्थाका शाखा २५ वटा, सदस्य संख्या १७ हजार पुगेको छ। संस्थाको कार्यक्षेत्र प्रदेश ५ रहेको छ।

एकीकृत कारोबार शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदिप फुँयालले वित्तीय पहुँच बढाउन र वित्तीय साक्षरता बढाउन ग्रामीण लघुवित्तको ठूलो भूमिका रहेको उल्लेख गर्दै धेरै संस्थाबाट कर्जा लिने र दोहोरोपना यस क्षेत्रका मुख्य चुनौति रहेकाले त्यसलाई घटाउन संस्थाले विशेष ध्यान दिनुपर्ने बताए।

संस्थाका अध्यक्ष अजय गोयनकाले चालु वर्षभित्र सर्वसाधारणलाई छुट्याइएको शेयर जारी गर्ने बताए। उनले लघुवित्तको माध्यमबाट गरीबी निवारणका लागि बिना धितोमा कर्जा लगानी गरिरहँदा आवश्यक पर्ने फण्डको ब्याजदर महंगो हुने गरेको गुनासो गरे।

संस्थाका प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्टले सेवा नपुगेका ठाउँहरुमा लघुवित्त सेवाको विस्तार गर्ने प्रतिबद्धता ब्यक्त गरे।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।