लक्ष्मी उन्नती कोषको इकाईमा आबेदन गर्ने समय थपियो

Jul 29, 2020 04:48 PM Merolagani



लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट (LCML) ले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नती कोषको ८ करोड ईकाईमा आबेदन गर्ने समय थप भएको छ । साउन १४ गते बुधबार सम्ममा सबै ईकाई बिक्री नभएपछि कोषको इकाईमा आबेदन गर्ने समय थप भएको हो ।

अब कोषको इकाईमा साउन २५ गतेसम्म आबेदन गर्न सकिनेछ । कोषको इकाईमा संस्थागत तर्फबाट समेत आबेदन दिन सकिने गरी समय थप भएको हो ।

बुधबार सम्ममा कोषको इकाईमा सि आश्वाबाट मात्रै २१ हजार ३३९ आवेदकबाट २० करोड भन्दा बढीको आबेदन परेको लक्ष्मी क्यापिटलले जनाएको छ ।

निष्काशन गरिने कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाई देखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

शेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामूहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् । यो योजनाको अवधि दश बर्षको रहेको छ ।

यस म्युचुअल फण्ड अन्तर्गत संचालित प्रथम योजना लक्ष्मी भ्यालु फण्ड १,पाँच बर्षको अवधिमा परिपक्क हुँदा करिव ७० प्रतिशत प्रतिफल दिन सफल भएको थियो ।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।