कोरोनाबाट निको भइसकेका बिरामीहरूमा एंटीबडीजकाे संख्यामा कमी, बल्झने खतरा यथावत

Jul 30, 2020 04:29 PM Merolagani

कोरोना भाइरसलाई लिएर एउटा अर्काे रहस्यमय खोज सार्वजनिक भएको छ । जर्मनीको म्यूनिख अस्पतालमा भएको एउटा जाँचमा कोरोना भाइरसबाट निको भइसकेका बिरामीहरुको शरिरमा एंटीबडीजको संख्या कम हुदै गइरहेको पाइएको छ । 

जसका कारण दोस्रो पटक पनि संक्रमणको खतराको सम्भावना रहेको बताइएको छ । यो नतिजा चीनमा भएको यस्तै एउटा अर्काे जाँचसँग मेल खाएको छ ।खासमा चीनमा भएको अनुसन्धानमा पनि कोभिड–१९ का बिरामीहरुमा एंटीबडीज बनिरहेको नपाइएको तथ्य सार्वजनिक भएको थियो । यद्यपी यसमा अझै अनुसन्धानको आवश्यकता भएको तर सुरुवाती परिणामका आधारमा दोस्रो पटक पनि संक्रमणको खतराको सम्भावना रहेको बताइएको छ ।

चीफ फिजिशियन क्लीमेन्स भेन्डर जनवरी २०२० को अन्त्यमा ठीक भएका कोभिड–१९ बिरामीहरुमा इम्यूनिटी पावरको जाँच गरिरहेका छन् । ती जाँचमा विशेषगरी एंटीबडीजको संख्यामा कमी देखिएको थियो । उनका अनुसार, दुई/तीन महिनाका क्रममा जाँच गरिएका ९ जना मध्ये ४ जना बिरामीमा भाइरल अट्याक रोक्ने न्यूटलाइजिंग एंटीबडीजको स्तर कम पाइएको छ ।

लक्षण बिनाका बिरामीहरुमा अधिक तीव्र रुपमा कम हुन्छ एंटीबडीज

कयौँ प्रकारका भाइरल इन्फेक्सनका साथै एंटीबडीजको आकार पनि इन्फेक्सनसँग जोडिएको हुन्छ र कोभिड–१९ पनि योभन्दा अलग छैन। साइन्टिफिक जर्नल नेचर मेडिसिनमा प्रकाशित एक अनुसन्धानका अनुसार, लक्षण बिनाका बिरामीहरुको इम्यून रेस्पोन्स एकदमै कमजोर हुन्छ र गम्भीर बिरामीको तुलनामा एसिम्पटोम्याटिक बिरामीहरुले तीव्र गतिमा एंटीबडीज गुमाउने गर्दछन् । एजेन्सीको सहयोगमा 

comments powered by Disqus