सस्तो शेयरमूल्य भएका कम्पनीहरुमा आकर्षित लगानीकर्ता

Jul 30, 2020 03:36 PM Merolagani



पछिल्लो समय धितोपत्रको दोस्रो बजारका लगानीकर्ताहरु सस्तो शेयरमूल्य भएका कम्पनीहरुतर्फ आकर्षित भइरहेका छन्। बुधबारजस्तै यस दिन पनि १०० रुपैयाँभन्दा कम मूल्य भएका कम्पनीका शेयरहरुमा लगानीकर्ताहरु आकर्षित भएका देखिन्छन्।

बिहीबार कारोबारमा १० कम्पनीहरुको शेयर सर्किट लेभलमा कारोबार भएको छ। सोमध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य मात्र १०० भन्दा बढी रहेको छ। हिमालयन उर्जा र रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने यस दिन बढेर १०० रुपैयाँ नाघेको छ। यी बाहेक यस दिन खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, नेशनल हाइड्रो, आँखुखोला जलविद्युत, यूनियन हाइड्रो, जोशी हाइड्रो र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ९.८५ प्रतिशत घटेर ८२४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.३४ प्रतिशत घटेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.५३ अंक अर्थात ०.५३ प्रतिशत बढेर एक हजार ४३९.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१५ प्रतिशत, फ्लोट इण्डेक्स ०.४९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ प्रतिशत बढेको छ। यस दिन १८९ कम्पनीको २१ हजार ८१८ पटकको कारोबारमा १ अर्ब ३२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादनमूलक उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।