सुनकाे भाउ अझै बढ्न सक्ने,बर्षकाे अन्त्यसम्ममा सवा लाखसम्म पुग्न सक्ने व्यवसायीकाे प्रक्षेपण

Jul 30, 2020 05:18 PM Merolagani



 

सुनको भाउ एक लाख २५ हजारसम्म पुग्न सक्ने प्रक्षेपण हुन थालेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ उच्च रुपले बढ्दै गएपछि नेपालमा पनि पनि सुनको भाउ उच्च रुपले बढ्ने प्रक्षेपण हुन थालेको हो। 

कोरोना भाइरसको सुरुवातसँगै अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढेर प्रतिआउन्स झण्डै २ हजार डलर पुगिसकेको छ। सोही अनुसार नेपाली बजारमा पनि सुनको भाउ लगातार बढ्दो क्रममा छ।

सुनको भाउ बढ्दै जानुको मुख्य कारण कोरोना नै  रहेकाे  सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउँछन्। अहिले लगानीका क्षेत्रहरू बन्द नै छन्। डलर पनि केही घटेकाे छ। तेलको भाउ पनि केहि महँगो छ। जसले गर्दा सुनको भाउ बढ्दै गएको हो। 

नेपालमा सुनको भाउ प्रतितोला ९९ हजार रुपैयाँ पुगिसकेको छ। कारोनाको जोखिम कम नभएकाले भाउ घट्ने सम्भावना नदेखिएको विज्ञहरू बताउछन्। शाक्य भन्छन् 'सुनको भाउ घट्ने संकेत देखिएको छैन, २०७७ अन्तिमसम्म १ लाख २५ हजार सम्म पुग्न सक्छ।

अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरूले यसअघि नै सन् २०२० को अन्त्यसम्ममा सुनको भाउ २ हजार डलर माथि पुग्ने प्रक्षेपण गर्दै आएका थिए। तर त्यसकाे ५ महिना अघि नै सुनको भाउ करिब २ हजार डलर पुग्न लागेको छ।

कारोना भाइरसका कारण उद्योग धन्दाहरू बन्द छन्। अन्य क्षेत्रमा गरिएको लगानीमा उचित प्रतिफल पाउन सकेका छैनन्। सुनलाई सुरक्षित लगानीका रुपमा लिइन्छ। जसले गर्दा अन्तराष्ट्रिय क्षेत्रका लगानीकर्ताहरूले सुनमा लगानी बढाएका छन्। सुनमा लगानी गर्नेहरू माग बढाउँदै लगेका छन् भने मुल्य बढ्दै गएको छ।

त्यस्तै अर्कोतर्फ सुन उत्पादन गर्ने खानीहरू बन्द भएका छन्। जसले गर्दा सुनको आपुर्तिमा कमी आइरहेको छ । सुनको माग धेरै भइरहेको बेला सोही अनुसारको आपुर्ति हुन नसक्दा सुनको भाउ बढ्दै गएको हो।

  • लकडाउन यता बैंकहरूले सुन ल्याएनन्, पुरानै सुनले काम चल्दै

बैंकहरूले लकडाउन यता सुन आयात गरेका छैनन्। अहिले नयाँ सुनको खपत शुन्य रहेको छ। भाउ बढेकोले बजारमा पुरानै सुन चलायमान भइरहेको व्यवसायीहरू बताउछन्। 

गत आर्थिक वर्षकाे अन्त्यसम्ममा ३४ अर्ब ६१ करोड रुपैयाँको करिब साढे ७ हजार किलो सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।  भाउ बढ्दै गएकाले पछिल्लाे समय सुन आयात पनि घट्दै गएकाे देखिएकाे छ। 

गत वर्षदेखि नै सुनको भाउ बढेकाले खपत निकै कम छ। पछिल्लो समय नयाँ सुन किन्न आउने ग्राहकको संख्या निकै कम रहेको शाक्यले बताए। 

अहिले आफुसँगै भएको सुनलाई गालेर नयाँ सुन बनाउने बढेको व्यवसायीहरूको भनाइ छ। पसलमा नयाँ सुन किन्ने भन्दा आफ्नै सुन गाले्र नयाँ बनाउने बढी छन्। त्यस्तै पुराना गरगहनाहरू बेच्नेहरू पनि धेरै नै रहेको उनको भनाइ छ। नयाँ सुन खरिद गर्न आउने ग्राहककाे संख्या थाेरै भएकाले पुरानै सुनले धान्न सकिने अवस्था रहेकाे उनले बताए। 

 

  • भाउ बढेपछि चार्ड पर्वमा पनि सुन बिक्री नहुनेमा व्यवसायी चिन्तित

पछिल्लो समय सुनको कारोबार निकै घटेको छ। भाउ उच्च रुपले बढेपछि नयाँ सुन खरिद गर्ने ग्राहक छैनन्। पछिल्लो समय दैनिक ४ किलो पनि कारोबार हुन सकेको छैन।

'डुलेर पसलभित्र छिर्ने छन्। भाउ सुनेपछि फर्केर जान्छन्,' शाक्यले भने 'सुन खरिद गर्ने नै छैनन्।' 

सुनको भाउ बढ्दै गएपछि नजिकिदै गएकाे चार्ड पर्वमा पनि सुनको व्यापार नबढ्नेमा व्यवसायीहरू चिन्तत देखिएका छन्। चाडपर्वका बेला सुनको माग बढ्नु पर्ने भएपनि भाउ बढ्दै गएकाले त्यो बेलामा पनि कारोबार नबढ्ने देखिएको व्यवसायीहरू बताउँछन्।

विगतका वर्षहरूमा अन्य समयमा धेरै काराेबार नभए पनि तीज, दशै, तिहार जस्ता चार्ड पर्वमा भने सुनकाे खरिद बढ्ने गरेकाे थियाे। तर यस वर्ष भने सुन धेरै महँगाे भएकाले काराेबार नबढ्ने व्यवसायीहरूकाे भनाइ छ। 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।