Thu, Sep 24, 2026
‘अब देशमै छ रोजगारी’ अभियान शुरु गरिएको छ। बुधबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योगपतिहरू, सरोकारवालाहरू, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरू बीच अब देशमै छ रोजगारी अभियान सार्वजनिक गरिएको हो।
रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यस्तो अभियान थालिएको हो। अभियानको लोगो र नारा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले यस अभियानको महत्व र समयबद्धता औल्याए। रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको उनले बताए। कोभिड—१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ। यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ। समयमै यो संकटलाई समाधान गर्न यस्तो कार्यक्रमको सुरुवात गरेको युकेएड सीपका टिम लिडर बलजीत बोहोराले बताए। रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले सामूहिक साझेदारीले देशमा रोजगारी सिर्जना गर्न सकिने बताए।
रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यस्तो अभियान थालिएको हो।
अभियानको लोगो र नारा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले यस अभियानको महत्व र समयबद्धता औल्याए। रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको उनले बताए।
कोभिड—१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ। यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ।
समयमै यो संकटलाई समाधान गर्न यस्तो कार्यक्रमको सुरुवात गरेको युकेएड सीपका टिम लिडर बलजीत बोहोराले बताए।
रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले सामूहिक साझेदारीले देशमा रोजगारी सिर्जना गर्न सकिने बताए।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।