समताको बोनस शेयर डिम्याट खातामा

Jul 31, 2020 08:36 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ।

लघुवित्तले २०७६ पुस २९ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर खातामा पठाएको हो। लघुवित्तले २०७६ पुस १८ गतेसम्ममा शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो।

सोपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको लघुवित्तले जनाएको छ।

हालसम्म पनि भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण बुझाउन लघुवित्तले अनुरोध गरेको छ।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।