आइपीओ निष्काशन गर्न रिलायन्स लाइफले पायो बाेर्डबाट अनुमति

Jul 31, 2020 12:55 PM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत आइपीओ जारी गर्न साउन १६ गते अनुमति पाएको हो।

एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित खदरमा ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। इक्राले कम्पनीको वित्तीय अवस्था औषत रहेको जनाउने इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको हो।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।