मेरोलगानी कृत्रिम शेयर कारोबार(भर्चुअल ट्रेडिङ)का १० विजेताले जिते १ लाख रूपैयाँ

Jul 31, 2020 06:26 PM Merolagani

मेरोलगानीले सञ्चालन गरेको कृत्रिम शेयर कारोबार (भर्चुअल ट्रेडिङ)प्रतियोगितामा सबैभन्दा बढी नाफा कमाउने १० विजेताले १ लाख रुपैयाँ पुरस्कार जित्न सफल भएका छन्। जुलाइ १ तारिखदेखि ३१ तरिखसम्म सञ्चालन गरिएको प्रतियोगितामा सबैभन्दा बढी नाफा कमाउने १० जनाले उक्त पुरस्कार जितेका हुन्।

 

प्रतियोगिताको अन्तिम दिन अर्थात जुलाई ३१ सम्म रोजिन ८ लाख ६ हजार रुपैयाँ नाफा सहित पहिलो स्थानमा रहेका छन्। उनले मेरोलगानीको तर्फबाट पुरस्कार स्वरुप ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी, दोस्रो स्थानमा रहेका सुवास लामिछानेले ६ लाख ६७ हजार नाफा कमाएका छन्। उनले २० हजार र तेस्रो स्थानमा रहेका बिक्रम कुँवरले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथो स्थानदेखि दशैां स्थानसम्म रहेका विजेताहरुले ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

मेरोलगानीले वितरण गर्ने उक्त पुरस्कार करसहित भएकाले त्यसमा २५ प्रतिशत कर कट्टी गरी वितरण गरिने छ। मेरोलगानीले गत एक महिना सञ्चालन गरेको उक्त प्रतियोगितामा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा विजेता उत्कृष्ट १० जनाले पुरस्कार प्राप्त गर्नको लागि कुमारी बैंकमा खाता खोलेको हुनुपर्ने छ। सबै विजेताहरुले कुमारी बैंकमा रहेको आफ्नो बैंक खाता मेरो लगानीलाई उपलब्ध गराएपश्चात उक्त पुरस्कार रकम सम्बन्धित विजेताको खातामा जम्मा गर्ने व्यवस्था मिलाइने छ।

अर्काे कृत्रिम शेयर कारोबार(भर्चुअल ट्रेडिङ) भदाै १ गतेवाट शुरू हुने छ ।

यस प्रतियोगिताले लगानीकर्तालाई धितोपत्र बजारमा कारोबार गर्ने तरिका,राम्रा स्क्रिप्ट छानेर मुनाफा आर्जन गर्न सकिने तरिका,धितोपत्र कारोबारसम्बन्धी सीप विकास गर्न र अनलाईन कारोबारमा समेत अभ्यस्त बनाउन सहयोग पुर्याएको विश्वास मेरोलगानीले लिएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।