काठमाडौं उपत्यकाका ३८ जना सहित २२४ जना कोरोना संक्रमित थपिए

Jul 31, 2020 04:38 PM Merolagani



साउन १६ गते, शुक्रबार २२४ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १९ हजार ७७१ पुगेको छ जसमध्ये सक्रिय रहेका संक्रमित पाँच हजार ३१६ जना रहेका छन्।

यसदिन थपिएका मध्ये काठमाडौंका ३२ जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन्।

यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १५१ रहेको छ। योसँगै हालसम्म कोरोना निको हुने कुल संख्या १४ हजार ३९९ पुगेकाे छ।

यस्तै, पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर परीक्षण भएको छ भने कुल ३ लाख ७५ हजार ४१६ पीसीआर परीक्षण संख्या पुगेकाे छ।

हाल क्वारेन्टिनमा १२ हजार १११ जना र आइसाेलेसनमा पाँच हजार ३१६ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म मास्क नलगाएका दुई लाख जनालाई जरिवाना तिराइएको छ।

संक्रमितको विवरण :

झापा : १३
मोरङ : १५
धनुषा : १
बारा : ४
सर्लाही : १
पर्सा : ४१
रौतहट : ३
बझाङ : २५
कैलाली : १५
काठमाडौं : ३२
नुवाकोट : २
ललितपुर : ५
नवलपरासी : २
मकवानपुर : १
दार्चुला : १६
कन्चनपुर : १८
सप्तरी : १
भक्तपुर : १
कास्की : ३
म्याग्दी : २
तनहुँ : १
गुल्मी : २
रुपन्देही : १
बाँके : १
दैलेख : २
दाङ : ३
बैतडी : १०
डोटी : ३




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।