वीरगञ्जमा तीन र ललितपुरमा एक जनाकाे कोरोना संक्रमणका कारण मृत्यु

Jul 31, 2020 05:04 PM Merolagani

नेपालमा थप थार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निधन हुने तीन पुरुष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ५६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज ११,श्रीपुर निवासी ५६ वर्षिय पुरुषको कोरोना संक्रमण भई साउन १५ गते राती ११ बजे निधन भएको छ । उनी मुटु रोगी रहेको र गण्डक अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा उपचार गरिएको थियो । उनमा साउन ६ गते. कोरोना पुष्टि भई साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पताल लगिएको थियो । 

यसैगरी निधन हुने अर्का पुरुष पनि वीरगञ्जकै रहेका छन् । उनी वीरगञ्ज १६ का ३५ वर्षका थिए । ती पुरुषको साउन १५ गते बेलु्का ७ बजेर ४० जाँदा निधन भएको हो । ज्वरो तथा श्वासप्रश्वास समस्या भएसँगै निजी अस्पताल हुँदै तराई अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई साउन १३ गते गण्डक अस्थायी कोभिड अस्पतालमा लगिएको थियो । उनको स्वाब नमुना संकलनका क्रममा साउन १५ गते कोरोना पुष्टि भएको हो ।

यस्तै मृत्यु हुने अर्का कोरोना संक्रमित पनि वीरगञ्ज,२,छप्कैयाका ६५ वर्षका पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुषको साउन १५ गते बिहान निधन भएको हो । मृत्यु पश्चात उनमा कोरोना पोजिटिभ पाइएको हो ।

कोरोना संक्रमणका कारण मृत्यु भएका अर्का एक महिला रहेका छन् । वीरगञ्ज,११ स्थायी घर भई हाल थसिखेल,५,ललितपुर बस्ने ती महिलाको साउन १६ गते निधन भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापको बिरामी थिइन् । स्टार अस्पतालमा उपचाररत उनलाई ज्वरो, स्वासप्रश्वासमा समस्या भएपछि साउन ६ गते पाटन अस्पताल पुर्याइएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।