वीरगञ्जमा तीन र ललितपुरमा एक जनाकाे कोरोना संक्रमणका कारण मृत्यु

Jul 31, 2020 05:04 PM Merolagani



नेपालमा थप थार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निधन हुने तीन पुरुष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ५६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज ११,श्रीपुर निवासी ५६ वर्षिय पुरुषको कोरोना संक्रमण भई साउन १५ गते राती ११ बजे निधन भएको छ । उनी मुटु रोगी रहेको र गण्डक अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा उपचार गरिएको थियो । उनमा साउन ६ गते. कोरोना पुष्टि भई साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पताल लगिएको थियो । 

यसैगरी निधन हुने अर्का पुरुष पनि वीरगञ्जकै रहेका छन् । उनी वीरगञ्ज १६ का ३५ वर्षका थिए । ती पुरुषको साउन १५ गते बेलु्का ७ बजेर ४० जाँदा निधन भएको हो । ज्वरो तथा श्वासप्रश्वास समस्या भएसँगै निजी अस्पताल हुँदै तराई अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई साउन १३ गते गण्डक अस्थायी कोभिड अस्पतालमा लगिएको थियो । उनको स्वाब नमुना संकलनका क्रममा साउन १५ गते कोरोना पुष्टि भएको हो ।

यस्तै मृत्यु हुने अर्का कोरोना संक्रमित पनि वीरगञ्ज,२,छप्कैयाका ६५ वर्षका पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुषको साउन १५ गते बिहान निधन भएको हो । मृत्यु पश्चात उनमा कोरोना पोजिटिभ पाइएको हो ।

कोरोना संक्रमणका कारण मृत्यु भएका अर्का एक महिला रहेका छन् । वीरगञ्ज,११ स्थायी घर भई हाल थसिखेल,५,ललितपुर बस्ने ती महिलाको साउन १६ गते निधन भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापको बिरामी थिइन् । स्टार अस्पतालमा उपचाररत उनलाई ज्वरो, स्वासप्रश्वासमा समस्या भएपछि साउन ६ गते पाटन अस्पताल पुर्याइएको थियो ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।