नेपाल फाइनान्सकाे ८ वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव अनुमोदन गर्दै

Aug 02, 2020 11:07 AM Merolagani



समस्याग्रस्त सस्थाबाट फुकुवा भएको नेपाल फाइनान्स (NFS) ले ८ वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ। फाइनान्सले भदौ ११ गते बिहीबार एल्लो प्यागोडा होटल, कान्तिपथमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १७५ प्रतिशत अर्थात ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तयि संस्थाहरु गाभ्ने/गाभिने प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गर्नेछ।

साथै फाइनान्सले आर्थिक वर्ष २०६८/६९ देखि २०७५/०७६सम्मको अर्थात ८ आर्थिक वर्षको वासलात, नाफा, नोक्सान हिसाब, तथा नगद प्रवाह लगायतको विषयमा छलफल गर्ने भएको छ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले साउन २६ गते बुकक्लोज गर्नेछ। साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।