चौथो दिनमा भयो अजोड इन्स्योरेन्सको शेयर कारोबार

Aug 02, 2020 10:55 AM Merolagani



सुचीकृत भई दोस्रो बजारमा कारोबार खुलेको चौथो दिन अजोड इन्स्योरेन्सको प्रि ओपनिङ्ग सेसनमा कारोबार भएको छ।

आइतबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा सो कम्पनीको २९१ रुपैयाँमा १३० कित्ता शेयर खरिदबिक्री भएको हो।

यस दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक २.२० अंक अर्थात ०.१५ प्रतिशत बढेर एक हजार ४४१.२६ विन्दुमा पुगेको छ। सो अवधिमा १२ कम्पनीको ३ लाख ३६ हजार ६२४ रुपैयाँ बराबरको १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।