अमिताभले जिते कोरोना,अभिषेक भने अझै संक्रमित

Aug 02, 2020 05:49 PM Merolagani



बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । संक्रमण जितेका अमिताभ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बइकाे नानावति अस्पतालमा २३ दिन उपचार गरेपछि अमिताभ घर फर्कन लागेका हुन् ।

अमिताभका छोरा तथा नायक अभिषेक बच्चनले सो कुराको जानकारी आफ्नो ट्वीटर मार्फत दिएका हुन् । अभिषेकले ट्वीटरमा आज भएको कोरोना परीक्षणमा आफ्ना पिता अमिताभको नतिजा नेगेटिभ आएको र अस्पतालबाट घर फर्केकाे उल्लेख गरेका छन् । यसकासाथै अब अमिताभ घरमा नै आराम गर्ने पनि बताएका छन् ।

पिता अमिताभले कोरोना जिते पनि आफू भने अझै संक्रमित रहेको अभिषेकले  खुलाएका छन् । उनले थप केहि दिन अस्पतालमा रहने तर कोरोना जित्ने आत्मविश्वास पनि व्यक्त गरेका छन् । नायक अभिषेकले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

अमिताभ स्वयंले पनि सामाजिक संजालमार्फत आफू काेभिड नेगेटिभ भएर घर फर्किएकाे जानकारी दिएका छन् । यद्धपी घरमा क्वारेन्टिनमा रहनुपर्ने  भन्दै शुभकामनाकालागि उनले सबैमा आभार व्यक्त गरेका छन् ।

बच्चन परिवारमा अमिताभ,अभिषेक,आराध्या,ऐश्वर्य रायलाई काेराेना संक्रमण भएकाे  थियाे जसमध्ये केवल अभिषेकमा मात्र संक्रमण बाँकी छ ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।