विद्युत बिक्री आम्दानी घट्दा दिव्यश्वरीको नोक्सानी बढ्यो

Aug 03, 2020 06:05 AM Merolagani



दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले गत आर्थिक वर्षको तेस्राे त्रैमाससम्ममा ३ करोड १६ लाख ६० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको साेही अवधिमा कम्पनी २ करोड ६ लाख २५ हजार घाटामा रहेको थियो।

विद्युत बिक्रीबाट आम्दानी घटेसंगै हाइड्रोपावरको घाटा बढेको हो। चैत मसान्तसम्ममा हाइड्रोपावरले विद्युत बिक्रीबाट ५ करोड ७५ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको साेही अवधिको तुलनामा १ करोड ५ लाख ४२ हजार कम हो।

गत वर्ष वर्षा याममा आएको बाढी पहिरोले आयोजनामा क्षती भएको थियो। यसको मर्मत सभांर कार्य सकिएकोले अब आउने वर्ष यामदेखि पूर्ण क्षमतामा उत्पादन हुन सक्ने कम्पनीले बताएको छ।

वर्षा याममा ३३ केभि प्रसारण लाइनमा जडी क्षमता पठाउँदा भोल्टेज बढी भई ट्रिप हुन गई विद्युत उत्पादनमा कमी भइरहेको कम्पनीले जनाएको छ। सो समस्या समाधान गर्न सञ्चालक समीतिले सम्बन्धित निकायमा पहल गरिरहेको छ।

२६ करोड ४० लाख चुक्ता पूँजी रहेको यस हाइड्रोपावरको जगेडा कोष १६ करोड ३२ लाख १५ हजार ऋणात्मक रहेको छ।

हाइड्रोपावरको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा ऋणात्मक रहेको छ भने मूल्य आम्दानी अनुपात ४.२५ गुणा ऋणात्मक रहेको छ। हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ३८ रुपैयाँ १७ पैसा रहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।