काठमाडाैं उपत्यकाका ५१ जना सहित ४१८ जनामा काेराेना संक्रमण पुष्टि

Aug 03, 2020 04:34 PM Merolagani



सोमबार ४१८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या २० हजार ७५० पुगेको छ। जसमध्ये देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७३२ रहेको छ।

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका ४३ जना, ललितपुरका तीन जना र भक्तपुरका पाँच जना रहेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको हुनेकाे संख्या ३५८ रहेकाे छ। हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या १४ हजार ९६१ पुगेको छ। हाल क्वारेन्टिनमा १० हजार ४५२ जना रहेका छन् भने आइसोलेसनमा पाँच हजार  ७३२ जना छन् । देशभर कुल तीन लाख ९८ हजार ९०७ पीसीआर परीक्षण भइसकेको छ ।

संक्रमितको विवरण :

सुनसरी : ५
झापा : ५
मोरङ : ४६
सिराहा : ३
सप्तरी : ५१
सर्लाही : २
महोत्तरी : ३१
धनुषा : ३०
बारा : ४
पर्सा : ७१
भक्तपुर : ५
काठमाडौं : ४३
कैलाली : ६७
कन्चनपुर : १६
रसुवा : १
रौतहट : ३
ललितपुर : ३
चितवन : १
गुल्मी : १
दोलखा : १
कास्की : ८
स्याङजा : १
रुपन्देही : १
दाङ : ८
बर्दिया : १
दाङ : १
अछाम : ४
रुकुम : २




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।