संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले विज्ञकाे परामर्श लिने,स्वास्थ्यले आंशिक लकडाउनकाे सिफारिस गर्दै

Aug 03, 2020 05:22 PM Merolagani



दैनिक रुपमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार मंगलबार बिहान ११ बजे छलफल तय भएको छ।बैठकमा सिसिएमसीका अधिकारी र चिकित्सा सम्बन्धी विज्ञहरूलाई डाकिएको छ।

उनीहरूले दिएको सुझाव अनुसार सरकारले निर्णय गर्ने बताइएको छ।

यता स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागु गरे यसलाई नियन्त्रण गर्न सकिने राय दिने भएको छ। तर उक्त मापदण्ड कडाइका साथ लागु गराउन नसकिए लकडाउनको विकल्प नरहेको मन्त्रालयको भनाइ रहने छ। यस अघि पनि मन्त्रालयले मापदण्ड ल्याएको हो। तर उक्त मापदण्ड कडाइका साथ लागु गराउन नसकेको कारण थप भयकाे अवस्थामा पुग्ने खतरा रहेको मन्त्रालयको ठहर छ।

मन्त्रालयले आंशिक लकडाउनको सिफारिस गर्ने भएको छ। उसले जुन ठाउँमा कोरोना सङ्क्रमित देखिएको हो। त्यही ठाउँमा सिल गर्ने अवधारणा अघि सार्ने बताइएको छ। जस्तै बुढानीलकण्ठ नगर पालिकामा देखिएको छ भने त्यो नगरपालिकालाई सिल गरिने भएको छ। सोही आधारमा मुलुक पुन: आंशिक लकडाउनमा जाने निश्चित भएको छ। 

अवस्था थप जटिल बन्दै गएपछि मन्त्रालयले भेन्टिलेटर लगायतका स्वास्थ सामाग्री थप गर्ने भएको छ। 




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।