काेराेनाका सिकिस्तलाई प्लाज्मा थेरापी गर्ने हस्पिटल ताेकियाे,कुन कुन हस्पिटलबाट हुन्छ ?

Aug 03, 2020 05:50 PM Merolagani



प्लाज्म थेरापीबाट सिकिस्त कोरोना संक्रमितको उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

उनले प्लाज्म थेरापीबाट एक जनाको सफल उपचार भएको जानकारी गराउँदै अब ३ वटा नीजि सहित १२ वटा हस्पिटलबाट उपचार हुने बताए ।

उनका अनुसार नीजि अस्पतालहरुका मेडीसिटी,ग्राण्डी इन्टरनेशनल र ह्याम्स अस्पताल छ । यस्तै सरकारी अस्तालमा धुलिखेल,बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान,टिचिङ्ग हस्पिटल, पाटन अस्पताल,टेकु हस्पिटल,कर्णाली प्रादेशिक अस्पताल,कोसी अस्पताल,नारायणी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज,भेरी अस्पताल र सेती अस्पतालमा प्लाज्म थेरापी मार्फत कोरोनाको उपचार गर्न सकिने गरी तयारी गरिएकाे उनले जानकारी गराए ।

यस पद्धतिको लागि रक्त दाता र उचार गर्ने व्यक्तिबीच स्वेच्छिक रुपमा राजी हुनेपर्नेछ । प्लाज्म थेरापीको लागि २५ जना दाता तयार रहेको पनि उनले जानकारी गराए ।

इच्छुक दातामा पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हुनुपर्ने,रक्तदान गर्नु अघि कम्तीमा १४ दिन संक्रमण नदेखिएको हुनुपर्ने र रक्तदान गर्दा नेपाल रेडक्रसले तोकिएको मापदण्ड समेत पुरा हुनुपर्ने प्रवधान छ ।

यस्तै उपचार गर्नुपर्ने व्यक्ति १८ वर्ष पुरा भएको हुनुपर्ने,पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हुनुपर्ने,सिकिस्त विरामी भएको वा चिकित्सकले गम्भीर अवस्थामा पुग्न सक्ने भएको पुष्टि गरेको हुनेपर्ने जनाएको छ । यस्तै ब्लड ग्रुप पनि मिलेको हुनुपर्नेछ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।