ग्रामीण विकास लघुवित्तका कर्मचारीहरूद्वारा कोरोना भाइरस संक्रमण नियन्त्रण कोषमा सहयोग

Aug 04, 2020 02:35 PM Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका (GBLBS) प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूद्वारा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयाेग गरिएको छ । कमर्चारीहरूले सहयोग स्वरुप संकलन गरेको ३४ लाख २३ हजार ६ सय ९८ रूपैयाँकाे चेक हस्तान्तरण गरेका हुन् ।

उक्त चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई साउन १८ गते आइतवार अर्थमन्त्रालयमा संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले हस्तान्तरण गरिएकाे हाे।

सो अवसरमा माननिय अर्थमन्त्रीले देशमा गरिबी न्यूनिकरण गर्ने अभियानमा कार्यरत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले गरेको सहयोग रकमलाई सरकारले ठुलो सहयोग मानेको र यसरी संकलन भएको रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकहरूको उपचार र उद्धारका लागि नेपाल सरकारले पूर्णरुपमा सदुपयोग गर्ने बताए । 

संस्थाले यस पूर्व संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रु. ११ लाख र सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा प्रत्येक प्रदेशलाई समान रू. २ लाख ५० हजारले गरी कुल रकम रु. २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको थियो ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।