महिला सहयात्राले डाक्यो स्थगित साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

Aug 05, 2020 07:21 AM Merolagani



महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) ले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण स्थगित भएको सातौँ वार्षिक साधारण सभा गर्न मिति तय गरेको छ।

लघुवित्तको सो सभा अब भदौ १३ गते, शनिबार, कम्पनीको केन्द्रिय कार्यालय, चित्लाङ, मकवानपुरमा बिहान ११ बजे शुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

त्यसैगरी, अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर र प्राप्ती समितिको गठन गरी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र विप्रेषण सम्बन्धी कारोबार गर्न प्रबन्धपत्रमा सो व्यवस्था उल्लेख नभएकोले नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ४ गते एक दिनका लागि शेयर दाखिला खारेज दर्ता बन्द गरेको थियो। चैत ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बराबरको एक करोड २१ लाख रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।