एक लाख नाघ्यो सुनको मूल्य, अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ रेकर्ड

Aug 05, 2020 11:00 AM Merolagani



पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य बुधबार एक लाख नाघेको छ। साउन २१ गते बुधबार सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेर एक लाख एक हजार ४०० रुपैयाँ पुगेको छ। 

यसैगरी यसदिन तेजाबी सुन प्रतितोला एक लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर एक हजार २९५ रुपैयाँ पुगेको छ।

उता अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतिअउन्स २ हजार ३० डलरमा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।