साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

Aug 05, 2020 01:09 PM Merolagani



बुधबार साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ। लघुवित्तको २१ लाख ७७ हजार ८०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस अनुसार लघुवित्तको शेयर भोलि बिहिबार देखि कारोबार हुनेछ। पहिलो कारोबारको लागि लघुवित्तको शेयरलाई प्रतिकित्ता १३० रुपैयाँ १३ पैसा देखि ३९० रुपैयाँ ३६ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ। 

नेप्सेले लघुवित्तको शेयरलाई (SDLBSL) एसडिएलबीएसएल काराेबार संकेत प्रदान गरेको छ।

लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।