साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

Aug 05, 2020 01:09 PM Merolagani



बुधबार साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ। लघुवित्तको २१ लाख ७७ हजार ८०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस अनुसार लघुवित्तको शेयर भोलि बिहिबार देखि कारोबार हुनेछ। पहिलो कारोबारको लागि लघुवित्तको शेयरलाई प्रतिकित्ता १३० रुपैयाँ १३ पैसा देखि ३९० रुपैयाँ ३६ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ। 

नेप्सेले लघुवित्तको शेयरलाई (SDLBSL) एसडिएलबीएसएल काराेबार संकेत प्रदान गरेको छ।

लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।