काठमाडाैं उपत्यकाका ६२ जना सहित ३८१ जनामा काेराेना संक्रमणकाे पुष्टि

Aug 05, 2020 04:30 PM Merolagani

बुधबार कोरोना भाइरस संक्रमणको पुष्टि ३८१ जनामा भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण कुल २१ हजार ३९० जनामा पाइएको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार १७४ जना रहेका छन्।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५७ जना र ललितपुरका पाँच जना रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १३० रहेको छ। हालसम्म देशभर कुल १५ हजार १५६ जना कोरोना मुक्त भएका छन्।

यस्तै थप २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० जना पुगेको छ।

संक्रमितको विवरण :

सुनसरी : २
इलाम : २
सप्तरी : ८
उदयपुर : १
मोरङ : १४
सर्लाही : ५
बारा : २८
धनुषा : १२
महोत्तरी : १७
सिराहा : २
पर्सा : १५१
गोरखा : ३
कपिलवस्तु : ९
काठमाडौं : ५७
ललितपुर : ५
मकवानपुर : ४
रौतहट : २
धादिङ : २
सिन्धुपाल्चाेक : १
स्याङजा : १७
बाग्लुङ : २
कास्की : १
बाँके : १३
दाङ : १
सुर्खेत : १०
कालीकाेट : १
बझाङ : ११

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।