कोरोनाकै कारण उद्योग क्षेत्रका २२ प्रतिशत कर्मचारीले जागिर गुमाए

Aug 05, 2020 06:34 PM Merolagani



करोना संक्रमणको कारण २२.२ प्रतिशत उद्योगमा काम गर्ने कर्मचारीले जागिर गुमाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले बन्दाबन्दी अवधिमा उद्योग व्यवसायीहरूले २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको देखाएको हो ।

कटौती भएकामध्ये अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका राष्ट्र बैंकको भनाइ छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी र कामदार कटौती गरेको देखिएको छ ।

सो अवधिमा घरेलु उद्योग र लघु उद्यम र साना खुद्रा व्यापारीहरूले अन्यको तुलनामा धेरै कर्मचारी र कामदार कटौती गरेको पाइएको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।