उद्योग वाणिज्य महासंघको निर्वाचनको मोडालिटी तयार गर्न ६ सदस्यीय समिति

Aug 05, 2020 07:01 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघको बुधवार बसको कार्यसमिति बैठकले निर्वाचनको मोडालिटि तयार गर्न भन्दै ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

उक्त समितिले १५ दिन भित्र निर्वाचनको मोडालिटि तयार गर्ने बताइएको छ।

समितिले तयार गरेको मोडालिटीलाई अनुमतिको लागि पठाइने बताइएको छ।सरकारले स्वीकृति दिएमा निर्वाचन गर्ने तयारी महासंघकाे हो।

तर यसले विधान संशोधन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन।विधान संशोधन नगरी गरिएको निर्वाचनले वैधानिकता नपाउने पूर्व अध्यक्षहरूको भनाइ छ। 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।