आईपीओ निष्काशन गर्न समाज लघुवित्तलाई बोर्डको अनुमति

Aug 05, 2020 07:05 PM Merolagani



नेपाल धितोपत्र बोर्डबाट समाज लघुवित्तले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले ८६ लाख बराबरको ८६ हजार कित्ता शेयर निष्काशन गर्न साउन २१ गते बोर्डबाट अनुमति पाएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने आईपीओ निष्काशन पछि कम्पनीमा संस्थापकको ५७ प्रतिशत र सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ । 

समाज लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै फागुन १६ गते  बोर्डमा आवेदन दिएकाे थियाे ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।