उपत्यका भित्रका यी पाँच ठाउँमा भोली र पर्सी दिनभर बिजुली जाने

Aug 06, 2020 05:23 PM Merolagani



उपत्यका भित्रका पाँच ठाउँमा भोली र पर्सी दिनभर बिजुली जाने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको टेकु रिङरोड फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले २३ र २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली बत्ती जाने भएको हो।

टेकु रिङरोड फिडर अन्तर्गत बागडोल एरीया आसपास, सनराइज टावर अफलोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरियालगायतका क्षेत्रमा बिजुली जाने प्राधिकरणको भनाइ छ। यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमा माग्दै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुनसक्ने समेत जानकारी गराएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।