एनएमबि बैंक र सिजी डिजीटलबीच समझदारी

Aug 06, 2020 06:38 PM Merolagani



एनएमबि बैंक (NMB) र सिजी डिजीटलबीच ० प्रतिशत ईएमआई कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका हुन् ।

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । यसका अतिरिक्त सिजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा एक हजार ८०० सम्म छुट  ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंककाे १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु रहेकाे छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।