आईपीओ निष्काशन प्रक्रियामा रहेको रिलायन्स लाइफको खुद बीमाशुल्क ८७ प्रतिशत बढ्यो, खुद नाफा कति?

Aug 07, 2020 06:45 AM Merolagani

गत आर्थिक वर्षको असार मसान्तसम्ममा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। इन्स्योरेन्सको यो बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.२३ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

खुद बीमाशुल्क बढेसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशत बढी हो।

असार मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेको छ। इन्स्योरेन्सले ६३ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ। इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १४ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले २ अर्ब २४ करोड १३ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरिसकेको छ भने गत आवमा मात्रै १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

इन्स्योरेन्सले असार मसान्तसम्ममा (गत वर्ष) ३७ दाबी बापत ७ करोड ३८ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।