नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ७० पुग्याे

Aug 07, 2020 05:08 PM Merolagani



नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ७० पुगेकाे छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको निधन भएको छ।

पर्सा वीरगञ्ज, ९, माइस्थानका ४५ वर्षका एक पुरूषकाे साउन २२ गते दिउँसाे साढे ३ बजे निधन भएकाे थियाे। उनमा मधुमेह तथा उच्च रक्तचापकाे समस्या थियाे।

यस्तै कोभिड १९ संक्रमणबाट मृत्यु हुने अर्का व्यक्ति वीरगञ्ज, ११, श्रीपुर बस्ने ७९ वर्षका वृद्धकाे साउन २० गते राती निधन भएकाे छ।  ती वृद्धकाे अाफ्नै निवासमा निधन भएकाे हाे।

निधन हुने अर्का व्यक्ति वीरगञ्ज, ११ श्रीपुर ५७ वर्षिय पुरुष रहेका छन्। मन्त्रालयका अनुसार ती पुरुषको साउन २२ गते बिहान ९ बजे गण्डक अस्थायी काेभिड अस्पतालमा मृत्यु भएको हो। उनी मधुमेह, उच्च रक्तचाप तथा मुटु राेगी थिए। ती पुरूषकाे स्वाब परीक्षणमा काेभिड १९ पुष्टि भएकाे हाे।

यसैगरी सिरहा गोलबजार, १२ का २५ वर्षका एक कोरोना संक्रमित युवकको पनि मृत्यु भएको छ। ती युवकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राती १०ः ४५ बजे निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्। मृतक संक्रमितमा मृगौलाको समस्या रहेको र उनकाे डायलाइसिस भइरहेकाे जनाइएको छ।

पाटन अस्पतालमा नै अर्का ४५ वर्षका सर्लाही बसन्तपुर निवासी एक पुरुषको पनि कोभिड १९ संक्रमित भई मृत्यु भएको छ। उनकाे साउन २३ गते बिहान ८ बजेर ४१ मिनेट जाँदा मृत्यु भएकाे हाे।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।