पीसीआर परीक्षण मापदण्डका ८ आधार, यस्ता व्यक्ति पर्छन परीक्षणकाे प्राथमिकतामा

Aug 07, 2020 05:20 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकताको आधारमा पीसीआर परीक्षण गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् ।

उनका अनुसार कोरोना संक्रमण देखिएका व्यक्तिहरु,संक्रमितको सम्पर्कमा रहेका व्यक्ति तथा कोरोना संक्रमण तथा नियन्त्रणको लागि अग्रपंक्तिमा रहेका व्यक्तिहरु पीसीआर परीक्षणको प्राथमिकतामा पर्नेछन् ।

यस्ता व्यक्तिहरु पीसीआर परीक्षणको प्राथमिकतामा पर्नेछ ।

१. कोरोना संक्रमणको ६ लक्षण मध्ये कुनै एक देखिए (ज्वराे, खोकी, श्वासप्रश्वास समस्या देखिए,गन्ध हराउने, स्वाद हराए र झाडपखाला लाग्ने)

२. संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु

३. विदेशबाट फर्किएका व्यक्ति

४. अग्रपंत्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरु

५. हाल धेरै संक्रमित भेटिएका स्थानबाट आएका ब्यक्तिहरु

६. आईसीयुमा उपचाररत विरामीहरु

७. दीर्घरोग भएका (विशेषगरी ६० वर्ष भन्दा माथिका ब्यक्तिहरु)

८. अप्रेसन गर्नु पुर्व मध्य तथा गम्भीर विरामीहरु




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।