थप तीन जनाको कारोना संक्रमणका कारण निधन,कुल संख्या ७३ पुग्याे

Aug 08, 2020 04:37 PM Merolagani



नेपालमा थप तीन जनाको कारोना संक्रमणका कारण निधन भएको छ । योसँगै देशभरमा कुल ७३ जना कोरोना संक्रमितको निधन भएको छ ।

निधन हुने दुई पुरुष रु एक महिला रहेका छन् ।

वीरगञ्ज ३, छप्कैया निवासी ७४ वर्षिय पुरुषको साउन २३ गते १ :३० बजे निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको गण्डक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनमा मधुमेह तथा दमको समस्या रहेको थियो ।

यसैगरी मोरङ ,विराटनगर ९ का ५८ वर्षका एक पुरुषको पनि साउन २३ गते विहान ९ बजेर १५ मिनेट जाँदा कोरोना संक्रमणका कारण निधन भएको छ । उच्च रक्तचापका राेगी उनी न्युमोनिया र स्वासप्रश्वासमा समस्या भएकाले सप्तकोशी अस्पतालमा उपचाररत रहेका थिए । अवस्था जटिल बन्दै गएपछि ती पुरुषलाई कोशी अस्पतला रिफर गरिएको थियो ।

त्यस्तै काठमाडौं टाेखा,६ बस्ने ४१ वर्षिय महिलाको पनि कोरोना संक्रमित भई निधन भएको छ । उनको साउन २३ गते ११ : २३मा पाटन अस्पतालमा निधन भएको हो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।