दुई बर्षमा लगानीकर्ताकाे सम्पत्ति ४ खर्बले बढ्याे,बाेनस र हकप्रदले पूँजीकरण बढायाे

Aug 12, 2020 04:04 PM Merolagani

  • सुधा देवकाेटा

गएको दुई वर्षमा शेयर बजारका लगानीकर्ताको सम्पत्ति चार खर्ब रुपैयाँले बढेको छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनीको बजार पुँजीकरणमा भएको सुधारले लगानीकर्ताको सम्पत्ति करिब २२ प्रतिशतले बढेको हो।

गत वर्षको अन्त्यमा नेप्सेको कुल बजार पूँजीकरण १८ खर्व ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बजार पूँजीकरण १४ खर्व ३५ अर्ब रुपैयाँ मात्र रहेको थियो। जुन अघिल्लो वर्षको सोही अवधिमा बजार पूँजीकरण २१.७९ प्रतिशतले बढेको हो। गत वर्षको तुलनामा भने १४.६० प्रतिशत बजार पूँजीकरण बढेको छ। 

गत आर्थिक वर्ष शेयर बजारमा सुधार भएको कारण लगानीकर्ताको सम्पत्ति बढेको हो। लगानीकर्ताको सम्पत्ति बढे सँगै कुल बजार पूँजीकरणमा समेत सुधार भएको हो। गत आर्थिक वर्षको अन्त्यमा शेयर बजार मापक नेप्से परिसूचक १८२ अंक बढेको थियो। अघिल्लो वर्ष सोही अवधिमा नेप्से सूचक १२१२.३६ अंकमा रहेको थियो। जुन १३.०७ प्रतिशतको वृद्धि हो।

यति बेला बजारमा मिश्रित प्रतिकृया रहेको शेयर बजार विश्लेषक डा.मनोहर कृष्ण श्रेष्ठको भनाइ छ। बजारमा सुधार हुनुमा विविध कारण छ ती मध्ये सेबोनले खेलेको सकारात्मक भूमिकाले बजारलाई माथि पुर्‍याएको श्रेष्ठको जिकिर छ।  

तर गत आर्थिक वर्षको तुलनामा भने नेप्से सूचकमा सामान्य सुधार देखिएको छ। गत वर्ष समग्र नेप्से सूचक १३५.७५ अंकले बढेको छ। गएको वर्ष सूचक १२५९.०२ अंकमा बन्द भएको थियो।यो गत वर्षको तुलनामा ९.७३ प्रतिशतको वृद्धि हो। गत वर्ष नेप्से परिसूचक १३९४.७७ अंकमा पुगेको थियो।

गतवर्ष नयाँ कम्पनी थप सूचीकृत भएका छन् भने यस अघि नै सूचीकृत रहेका कम्पनीको बोनस र हकप्रद शेयर सूचीकृत हुँदा लगानीकर्ताको सम्पत्ति बढ्न र कुल बजार पूँजीकरण बढाउन टेवा मिलेको छ। गत वर्ष नेप्सेमा कुल सूचीकृत कम्पनीको संख्या २१५ पुगेको छ।सोही अवधिमा अघिल्लो वर्ष उक्त संख्या १९६ रहेको थियो भने गत वर्ष यो संख्या बढेर २१५ पुगेको हो। 

पछिल्ला दिनमा लगानीका सबै वातावरण खस्किदा पैसा शेयर बजार तर्फ मोडिएका कारण शेयर बजारमा कारोबार रकम समेत बढेको श्रेष्ठको भनाइ छ।

कम्पनीको संख्या बढेसँगै सूचीकृत शेयरको संख्या समेत बढेको छ। गत वर्षको अन्त्यमा सूचीकृत शेयरको संख्या चार अर्ब ८२ करोड कित्ता पुगेको छ। जबकि अघिल्लो वर्ष सोही अवधिमा तीन अर्ब ५९ करोड कित्ता शेयर सूचीकृत थिए। जुन अघिल्लो वर्षको तुलनामा २५.४५ प्रतिशत शेयर नेप्सेमा थप भएका हुन्।

कम्पनीको संख्या बढेको,शेयर संख्या बढेको तर समग्र बजार पूँजीकरण पनि सामान्य रुपमा मात्र सुधार हुनुलाई बजारमा सुधार भएको भन्न नमिल्ने लगानीकर्ताहरूले बताउँछन् ।कारोबार रकमको आधारमा भने गत वर्ष र अघिल्ला वर्षहरूको तुलनामा सुधार भएको उनीहरूको भनाई छ । गत वर्ष एक कारोबार दिनमा अधिकतम ५ अर्ब रुपैयाँसम्म शेयर कारोबार भएको थियो ।

गत दुइ अार्थिक बर्षमा अाैसत रहेकाे बजार चालू अार्थिक बर्षमा पनि सकारात्मक लयमा देखिन्छ।  मार्केट सकारात्मक भयो भन्दैमा यहाँ निकै ठुलो अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ। यहाँ ३५ सयसम्म मार्केट पुग्छ भन्ने हल्ला गरिएको छ। तर त्यसरी हचुवाको भरमा मार्केट ३५ सय चाहिँ पुग्दैन। मेरो बिचारमा मार्केट तीन फेसमा अघि बढ्छ। फस्ट फेसमा १२ सय देखि १५ सय,१५ सय देखि १८ सय दोस्रो फेसमा अनि १८ सय देखि २१ सय हुन्छ। अहिले हामी दोस्रो फेसमा छौ।

पछिल्ला वर्षहरूमा जलविद्युत कम्पनी लगायतका केही ठूला कम्पनीहरू थपिँदा बजार पूँजीकरण थप हुन पुगेको छ । यद्यपि नेप्सेमा सूचीकृत भएका केही जलविद्युत कम्पनीहरूको दोस्रो बजारमा मूल्य ह्रास हुँदा आधार मूल्य (प्रतिकित्ता एक सय रुपैयाँ) भन्दा अत्यन्त न्यून भएको छ । जसले गर्दा बजारमा सूचीकृत कम्पनीहरूको संख्यामा वृद्धि भएता पनि अझै बजार पूँजीकरणका लागि ठूलो भूमिका खेल्न सकिरहेका छैनन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।