भ्याक्सिन तयार नभएसम्म कोरोना भाइरसलाई कसरी रोक्न सकिन्छ?

Aug 11, 2020 11:57 AM Merolagani

विश्वभर कोरोनाको भ्याक्सिन बनाउने काम जारी रहेको छ। रुसले यसै महिना भ्याक्सिनको डोज दिन सुरुवात गरिने बताएको छ। उक्त भ्याक्सिन त्यहाँ सबैभन्दा पहिले शिक्षक र स्वास्थ्यकर्मीहरुलाई दिइने बताइएको छ। त्यसपछि अक्टोबरबाट सबै नागरिकहरुका लागि भ्याक्सिनेशन अभियान चलाइने बताइएको छ। 

भ्याक्सिन बनाउने दौडमा रुसका अलावा व्रिटेन, अमेरिका, चीन र भारत पनि शामिल छन। यद्यपी, उक्त भ्याक्सिन बजारमा कहिलेसम्म आइपुग्छ भन्ने बारेमा हालसम्म पनि स्पष्ट पारिएको छैन। यद्यपी, यो वर्षको अन्त्य तथा अर्काे वर्षको सुरुवातसम्ममा कोरोना भ्याक्सिन लन्च गर्न सक्ने अनुमान लगाइएको छ।

यस्तोमा जबसम्म कोरोना भाइरसका लागि कुनै प्रभावकारी भ्याक्सिन आउदैन, तबसम्म मानिसहरुले भाइरसबाट बच्नका लागि कयौँ प्रकारका कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ।

विश्वका कयौँ देशहरुमा सरकारले कोरोना भाइरसको फैलावट रोक्नका लागि लकडाउन गरिएको छ। कयौँ ठाउँमा लकडाउनको पालना प्रभावकारी रुपमा गरिएको छ, जसले गर्दा त्यहाँ कोरोनाको गति अधिक मात्रामा कम भइसकेको छ। यद्यपी, लकडाउन खुकुलो गरिएको ठाउँमा लकडाउनका बाबजुद कोरोनाका मामलाहरु तीव्र रुपमा बढ्दो क्रममा रहेको छ। यस्तोमा तपाई आफ्नो घरबाट बाहिर ननिस्कनु र भीडभाडमा नजानु नै उत्तम हुन्छ।

के-कस्ता सावधानी अपनाउने ?

  • घरमै बस्ने र सम्भव भएसम्म मानिसहरुसँग एउटा निश्चित दूरी कायम गर्ने,
  • कुनै पनि सार्वजनिक स्थानमा जानबाट बचौँ, 
  • अत्यन्त जरुरी बाहेकका यात्रा नगरौँ, 
  • घरमा बस्दा पनि मास्क लगाएर बसौँ, 
  • घरमा पाहुना पनि नबोलाऔँ र अरुकोमा पनि पाहुना लाग्न नजाऔँ

संक्रमित भइसकेकाले के गर्ने?

  • आफूलाई अरुबाट अलग राखौँ, 
  • कम्तीमा १४ दिन छुट्टै बस्नु उत्तम उपाय, 
  • घरबाट बाहिर कतै नजाऔँ, यसबाट अरु मानिसहरु संक्रमित हुने सम्भावना बढ्न सक्छ, 
  • मास्क सधैँ प्रयोग गरौँ

यस्ता व्यक्तिहरुले विशेष सावधानी अपनाउन जरुरीः

पब्लिक हेल्थ अफ इंग्ल्याण्डले केही गम्भीर र विशेष प्रकारका मानिसहरुलाई कम्तीमा १२ हप्ताका लागि आफूलाई अरु मानिसबाट अलग राख्नुपर्ने बताएको छ। जसमाः

गर्भवती महिला, कसैलाई मुटु रोग तथा कुनै जन्मजात बिमारी छ भने

क्यान्सर रोगी, जसको कीमोथेरापी वा औषधी उपचार चलिरहेको छ

जसको अंग प्रत्यारोपण भएको छ र उमेर ७० कटिसकेको छ

पछिल्लो ६ महिनामा जसको बोन म्यारो वा स्टेम सेल ट्रान्सप्लान्ट भएको छ। एजेन्सीको सहयोगमा

comments powered by Disqus