एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डको लाभांश घोषणा

Aug 11, 2020 11:24 AM Merolagani

एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डको लाभांश घोषणा भएको छ।

एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) का इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) तथा दोश्रो योजना एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) का इकाईधनीहरुलाई ८ प्रतिशत (कर सहित) का दरले लाभांश वितरण गर्ने जनाएको हो।

कम्पनी सञ्चालक समितिको साउन २६ मा सम्पन्न ७५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई १२ प्रतिशत अर्थात १० करोड २ लाख २४ हजार रुपैयाँ र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई ८ प्रतिशत ६ करोड ४ लाख नगद लाभांश वितरण गर्ने जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।