रुसले कोरोना भ्याक्सिन जारी गर्दै

Aug 11, 2020 01:52 PM Merolagani

कोरोना भाइरसको बढ्दो संक्रमणका बीच विश्वभरका कयौँ देशहरु भ्याक्सिन बनाउने दौडमा रहेको छन् भने कतिपयि देशले आफूले बनाइरहेको भ्याक्सिनले कयौँ परीक्षणमा सफलता हासिल गरेको बताइरहेका छन् । यद्यपी भ्याक्सिन रजिष्टर गर्ने दौडमा रुस पहिलो हुने भएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसका विरुद्ध विश्वको पहिलो भ्याक्सिन केही दिनमा जारी गरिने बताएका छन् ।

उनले भने, रुसी वैज्ञानिकले आवश्यक परीक्षणको सबै चरण पार गरिसके र औषधीको सुरक्षा र प्रभावकारीतालाई प्रमाणित गरेका छन् । हाम्रो औषधीले महामारीका साथ पर्याप्तसँग सामना गर्याे र हाल न केबल हाम्रो देशका लागि, बरु पूरै विश्वलाई आशा जगाएको छ । अब रुसी भ्यायक्सिनले कोभिड–१९ लाई मास्क र सामाजिक दूरी बिना नै भविष्यको मार्ग प्रशस्त गर्नेछ ।

रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाको भ्याक्सिन लन्च गर्ने तयारी पूरा भइसकेको बताएको छ । यद्यपी केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले रुसले १२ अगस्ट अर्थात् भोली कोरोना भ्याक्सिन रजिष्टर गर्ने तयारी रहेको बताएका छन् । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।